पौडेलको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

तुलसीपुर, १५ मंसीर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी)का केन्द्रीय सदस्य तथा इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहेका तुलसीपुर ५ निवासी हिरामणि दुखीले आफना वुवा देबिराम पौडेलको स्मृतिमा गुरु जजुर माध्यामिक विद्यालय रक्षाचौरमा एक लाख एक हजार छ सय पचास रुपैयाको अक्षयकोष स्थापना गरेका छन् । गएको असार १७ गते निधन भएका पौडेलको स्मृतिमा उनले कक्षा ४ देखि ७ सम्म अध्ययन गरेको विद्यालयमा सोमवार एक कार्यक्रमको आयोजना गरी अक्षयकोष स्थापना गरेका छन् ।

अक्षयकोष सस्थापक समेत रहेका दुखीले बिद्यालयका प्रधानाध्यापक बिष्णु कुमारी केसीलाई चेक हस्तान्तरण गरेका छन् । अक्षयकोषबाट आउने व्याज रकमले बिद्यालयमा अध्ययनरत गरिव तथा जेहन्दार बिद्यार्थीहरुलाई बार्षिक रुपमा छात्रवृत्ति प्रदान गरिने दुखीले बताएका छन् । दुखीले आफु माक्र्सवादी बिचारतर्फ आबद्ध भएको बताउदै सच्चा कम्युनिस्टले आध्यात्मिक चिन्तन नमान्ने हुदा आफुले बुवाको धार्मिक काजकिरिया नगरेको समेत स्पष्ट पारेका थिए । काजकिरियामा लाग्ने खर्चलाई समाजसेवामा लगानी गरेको उनको भनाई छ ।

चेक ग्रहण गदै बिद्यालयका प्रधानाध्यापक के.सीले अक्षयकोष स्थापना गरेर निकै महत्वपुर्ण प्रशंसनिय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरेकी छिन् । उनले दुखीले जस्तै समाजका अन्य प्रतिष्ठित ब्यक्तिहरुले यस कार्यलाई अनुसरण गर्नुपर्ने बताईन् । विद्यालयका शिक्षक गोपाल बुढाथोकीले सहजीकरण गरेको कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका सचिव तथा अक्षयकोष सञ्चालक समितिका सदस्य ईश्वरी प्रसाद गैरे, शिक्षक ,बिद्यार्थी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया