यात्रु तानातान नगरौ,यात्रुमैत्री व्यवहार गरौ : अध्यक्ष भण्डारी

तुलसीपुर, १४ मंसीर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुर उपमहानगर कमिटिका अध्यक्ष केशव भण्डारीले तुलसीपुर स्थित नयाँ बसपार्कमा कसैले पनि यात्रु तानातान नगर्न आग्रह गरेका छन् । लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनका चालक तथा सहचालकले यात्रुहरुलाई तानातान गरेको भन्ने गुनासो आएको भन्दै सवै यातायात मजदुरले यात्रु मैत्री व्यवहार गर्नुपर्ने अध्यक्ष भण्डारीले बताएका छन् ।

संगठनको समन्वयमा दाङका यातायात प्रालिहरुको उपस्थितीमा छलफल गरी निति गत रुपमै आगामी दिनमा यात्रुहरुलाई स्वतःस्फुर्त रुपमा बसपार्क टिकट काउन्टरबाट टिकट काट्ने बाताबरणको सिर्जना गर्ने निर्णय समेत भएको उनले जानकारी दिएका छन् । यात्रु तान्ने, यात्रुलाई दुःख दिने र अभद्र व्यवहार गर्ने जस्ता गतिविधि नगर्न सवै प्रालिका यातायात मजदुर तथा काउण्टरका कर्मचारीलाई सचेत पनि गराईएको अध्यक्ष भण्डारीले बताएका छन् ।

यातायात मजदुहरु सभ्य भएर यात्रुमैत्री व्यवहार गर्नुपर्ने विषयमा सवैको सहमती भएको उनले बताएका छन् । यातायात मजदुरहरुको पक्षमा गदै आएको संगठनले यात्रुहरु प्रति गलत कार्य गर्ने जो सुकै मजदुरलाई साथ र सहयोग नगर्ने अध्यक्ष भण्डारीको भनाई छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया