तुलसीपुर,६ असार ।
तुलसीपुर उपमहानगरपालिकामा ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं. १० को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका झक्कुप्रसाद भण्डारी,वडा नं.१९ का वडा सदस्यमा उमेद्वारी दिनुभएका चन्द्रबहादुर सुनार, र खिमा नेपाली र १२ नम्बर वडाको सदस्यमा उमेद्वारी दिनुभएका श्रीप्रसाद छन्त्यालले उमेद्वारी फिर्ता लिनुभएको छ ।
उता घोराही नगरपालिकामा ६ जनाले उमेद्वारी फिर्ता लिएका छन् । वडा नम्बर ५ का वडाअध्यक्षका उमेद्वार बलदेव विक,सदस्यका उमेद्वारहरु निलकन्ठ खत्री,प्रेम कुमारी विक,पुष्पा नेपाली,अमृत जैशी,वडा नम्बर ३ का सदस्यका उमेद्वार मोहोनलाल वलीले उमेद्वारी फिर्ता लिनुभएको छ ।।
प्रकाशित मिति : २०७४ असार ६ गते मङ्गलवार