तुलसीपुरको हर्नेटीमा गाडी पल्टियो !

तुलसीपुर, १२ मंसीर । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–सल्यान सडकको हर्नेटीमा गाडी पल्टिएको छ । रुकुमबाट तुलसीपुर तर्फ आउँदै गरेको बा५प ५६०९ नम्बरको फोर्स गाडी हर्नेटमिा पल्टिदा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा रुकुमकको चौरजहारी नगरपालिका १३ घुतघुते निबासी २९ बर्षका प्रदिप विक र १३ बर्षकी सुस्मा विक घाइते भएका छन् । घाइते दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने अन्यको बिबरण आउँन बाँकी छ ।

त्यसैगरी तुलसीपुरको मदन–आश्रीत चोकमा ग्रुम्राहचोक तर्फ जाँदै गरेको बा१६ च ८८८५ नम्बरको कारमा रा६प ६७८ नम्बरको कार ठोक्किदा तुलसीपुर–८ टिकारी निबासी ५० बर्षका शेरबहादुर बोहरा र उनकी आमा ६५ बर्षकी गोरी बोहरा घाइते भएका छन् घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया