
चितवन,११ मंसिर । कोरोना भाइरसबाट संक्रमित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। रवीन्द्रकुमार शाक्यको निधन भएको छ ।
उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान चार बजे निधन भएको हो ।उनी २०७० मा योजना आयोगको उपाध्यक्ष थिए । उनी दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत हुन् ।
प्रकाशित मिति : २०७७ मङ्सिर ११ गते बिहिवार