देशभर १९४८ जनामा संक्रमण पुष्टि, २१४० जना संक्रमणमुक्त

काठमाडौं, १० मंसिर । पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । उनीहरुमध्ये १३८९ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २१४० जना संक्रमणमुक्त भएका हुन् । हाल देशभर १६ हजार ६३९ संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया