जन्मदिनको अवसरमा पुनद्धारा राहत हस्तान्तरण

तुलसीपुर, १० मसिंर ।तुलसीपुरमा जन्मदिनको अवसरमा एक जनाले खाद्यन्न सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ४ नँया वस्तिका अभिभावक विहिन एक परिवारका २ बालबालीकालाई खाद्यन्न सहयोग गरिएको छ ।

नेपाल मगर युवा संघ तुलसीपुरका अध्यक्ष एवं समाजसेवी तुलसीपुर १० निवासी घनश्याम पुनले आफ्नो जन्मदिनको अवसरमा बुधबार खाद्यन्न सहयोग गरेका हुन् । उनले चामल, नुन,तेल, दाल,कपडा लगायतका सामाग्री सहयोग गरेको नेपाल मगर तुलसीपुर नगर कमिटिका अध्यक्ष रामकुमार घर्तीमगरले बताएका छन् ।

केही वर्ष पहिले आमाको हत्या गरेपछि उनिहरुका बाबु कारागारमा छन्। उनका ३ दिदिहरु छन् तर सबैको बिबाह भैइसकेको छ । अहिले उनिहरु २ दिदिभाई १२ वर्षीया दिदि तिला पुन र उनका ६ वर्षीय टिकाराम पुन मात्र बस्दै आएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया