मोटरसाईकल दुर्घटनामा घाइते तुलसीपुरका कृष्णको अवस्था सिरियस

तुलसीपुर, ८ मंसीर । ग्वारखोलामा मोटरसाईकल पल्टिदा एक युवक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ ङ लाइन निबासी २३ बर्षका कृष्ण पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

घाइतेकाे अवस्था सिरियस भएकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

बिजौरीबाट तुलसीपुर तर्फ आउँदै प्रदेश नं. ३०२००३प २३०३  नम्बरकाे गरेको मोटरसाईकल तुलसीपुर घोराही सडक खण्डको ग्वारखोलामा राती साढे आठ बजे दुर्घटना  भएको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया