उत्साहजनक सहभागितामा मनोनयन दर्ता,नारा र जुलुशले तुलसीपुर दिनभर अस्त व्यस्त

तुलसीपुर,४ असार ।
दोस्रो चरणको निर्वाचनको मनोनयनका क्रममा आज दाङका सवै स्थानिय तहमा रौनकता देखिएको छ । जिल्लाका दुई उपमहानगर,एक नगरपालीका र सात गाउपालीकामा दलहरुले उत्साहपुर्ण सहभागितामा आफ्नो मनोनयन दर्ता गराएका छन । उनिहरुले बाजागाजा र झाँकिजुलुस सहित मनोनयन दर्ता गराएका हुन ।

आफ्ना सँयौ कार्यक्रता,नेता,सुभेच्छुकहरुको सहभागितामा र्यालि निकालि मनोनयन दर्ता गराउनुका साथै कोणसभाको आयोजना गरका थिए । यता तुलसीपुरमा हजारौ जनताहरुको उपस्थिति रहेको थियो । तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १ देखी १९ वडाका गाउँगाउँबाट झाँकी जुलुस सहित आएको ¥यालीले तुलसीपुर वजार भरिभराउ भएको थियो । हजारौ संख्यामा आएको जनताको बाक्लो उपस्थितीका कारण तुलसीपुर वजार दिनभर अस्तव्यस्त भएको देखीन्थ्यो ।

तुलसीपुर क्षेत्रको उम्मेदवारहरुको लागी तुलसीपुरको निर्वाचन अधिकृतको कार्यालयमा विहान ८ वजेदेखी साँझ चार वजेसम्मको समय निर्धारण गरीएको थियो । उपमहानगरपालिकाको मेयर,उपमेयर तथा वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । राजनितिक दलका तर्फबाट र स्वतन्त्र तथा बाँगी उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराई सकेका उम्मेदवारहरुले प्रतिक्रिया दिदै आफुहरु हर्सीत भएको बताउदै आ.आफनै जितको दावी गरेका छन् ।

प्रकाशित मिति : २०७४ असार ४ गते आइतवार
प्रतिक्रिया