दंगीशरणमा सचेतना फैलाउन सुचना बोर्ड

तुलसीपुर, ६ मंसीर । सामाजिक विकृती विसंगतीको अन्त्य गर्दै सभ्य समाजको निर्माणको लागी पश्चिम दाङको दंगीशरण गाउँपालिकाको विभिन्न वडामा सचेतनामुलक सुचना बोर्ड राखीएको छ । समाज हुने बाल विवाह, लागूऔषध,जातीय छुवाछूतको अन्त्य गर्न र ट्राफिक नियमबारे सचेतनामुलक नारा लेखिएका सुचना बोर्डहरु राखिएको गाउँपालिका स्तरीय युवा क्लब संजालका अध्यक्ष सिएम विश्वकर्माले जानकारी दिएका छन ।

संजालको आयोजना तथा वडा नम्बर १,, २, ५,६ र ७ नम्बर वडा कार्यालयको सहयोगमा विभिन्न स्थानमा सचेतनामुलक बोर्ड राखिएको हो । समाज परिवर्तनका लागी गाउँपालिकामा महत्वपुर्ण भुमिका खेल्दै आएको संजालले विभिन्न सामाजिक काममा सक्रियता देखाउदै आएको अध्यक्ष विश्वकर्माले बताएका छन् । सो अवसरमा बोल्दै गाँउपालीकाका अध्यक्ष भागीराम चौधरीले सभ्य समाज निर्माणमा युवाहरुको भुमिका महत्वपुर्ण रहने बताएका थिए ।साथै उनले समाज रुपान्तरणका लागी युवाहरु शसक्त भएर लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया