बालापुरमा अटोले ठक्कर दिदा बालक गम्भिर घाइते

तुलसीपुर, ६ मंसीर । बालापुरमा अटोले ठक्कर दिदा बालक  घाईते भएका छन् । पश्चिमबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ४३४५ नम्वरको अटोले घोराही उपमहानगरपालिका वडा नम्वर ५ बस्ने पाँच बर्षिय बालक सिसिर भण्डारीलाई आज दिउँसो चार बजे बालापुरमा ठक्कर दिएको प्रहरीले बताएको छ ।

घाईते बालकको टाउको र ढाडमा चोट लागेको र उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी कोहलपुर रिफर गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया