मोटरसाइकलले ठक्कर दिदा एक पैदलयात्री घाइते

तुलसीपुर, ६ मसिंर ।तुलसीपुरमा मोटरसाइकलले ठक्कर दिदा एक पैदलयात्री घाइते भएका छन् । तुलसीपुरबाट रक्षाचौर जादै गरेको भे १० प ४२०९ नम्बरको मोटरसाइकलले वडा नम्बर ७ डाँडापातु स्थित ठक्कर दिदा सोहि ठाँउ बस्ने वर्ष ३९ का शोभाराम पुन घाइते भएको प्रहरीले बताएको छ ।

उनको दाँया खुट्टामा चोट लागेको छ । घाइतेको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया