स्कारपियोले ट्याक्टरलाई ठक्कर दिँदा एकजना घाईते

देउखुरी, ६ मंसिर । ट्याक्टरलाई स्कारपियोले ठक्कर दिँदा देउखुरीमा एकजना घाईते भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटीमा शनिबार बिहान पौने ११ बजे स्कारपियोले ट्याक्टरलाई ठक्कर दिँदा ट्याक्टर चालक कप्तानगञ्ज निवासी ३८ बर्षिय लिला बहादुर कुमाल घाईते भएका हुन् ।

लमहीबाट नेपालगञ्ज जाँदै गरेको बा१३च ९३५६ नम्बरको स्कारपियोले रोड क्रस गर्दै गरेको रा १ त १२६३ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको हो । स्कारपियोको ओभर स्पिडका कारण दुर्घटना निम्तिएको प्रत्यक्ष दर्शीले जानकारी दिए ।घाईतेको अहिले लमही अस्पतालमा उपचार भईरहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया