एमालेको मनोनयन दर्ता (फोटोफिचर सहित)

तुलसीपुर, ४ असाढ
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकामा एमाले तर्फका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । बाजागाजा सहित विभिन्न गाउँगाउँबाट आएको रयालीले उम्मेदवार सहित तुलसीपुर बजार परिक्रम गरेको थियो । उम्मेदवारहरुको मनोनयन दर्तापछि विरेन्द्रचोकमा पुगेर कोणसभामा परिनत भएको थियो ।

कोणसभालाई एमालेका उपाध्यक्ष युवराज ज्ञावली, स्थाई कमिटी सदस्य शंकर पोख्रेल, जिल्ला सचिव हिराचन्द्र केसी, मेयरका उम्मेदवार घनश्याम पाण्डे, उप मेयरका उम्मेदवार माया आचार्य लगाएतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको संचालन एमालेका युवा नेता देवराज विश्वकर्माले गर्नु भएकोथियो ।

 

प्रकाशित मिति : २०७४ असार ४ गते आइतवार
प्रतिक्रिया