सवैको अपनत्व हुने गरी अस्पतालबाट सेवा प्रवाह गछौ :अध्यक्ष न्यौपाने

तुलसीपुर, ५ मंसीर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विरामीलाई रिफर गर्ने प्रबृति रोक्नुपर्ने भन्दै आहा अभियान तुलसीपुरले अस्पतालको ध्यानाकर्षण गराएको छ । अस्पतालको स्तरोन्नती भएपनि पछिल्नो समय सेवा प्रवाहमा केहि ढिलासुस्ती र लापरवाही भएको भन्ने जनगुनासो पछि आहा अभियान तुलसीपुरको नेतृत्वमा शुक्रवार अस्पताल पुगेको एक टोलीले अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेको ध्यानकर्षण गराएको हो ।

आहा अभियानका संयोजक दिपक काफलेले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु पर्ने, विरामी रिफर गर्नुभन्दा यहि सेवा विस्तार गर्नुपर्ने, अस्पतालको सरसफाईमा ध्यान दिनुपर्ने, महिला पुरुषको छुट्टाछुट्टै शौचालयको व्यवस्थापन गर्नुपर्ने, विरामी अथवा सेवाग्राहीको गुनासो सुन्नका लागी संयन्त्र बनाउनु पर्ने, सुचना बोड राख्नुपर्ने लगाएतका विषयलाई थप व्यवस्थित र सुधार गर्नुपर्ने कुरामा ध्यान दिन आग्रह गरेका थिए ।अस्पतालमा आउने सेवाग्राहीले सोचे अनुसारको सेवा पाउन नसकेको भन्ने कुरालाई चासो दिदै आहा अभियान तुलसीपुर अस्पतालमा पुगेर अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको हो ।

सोहि क्रममा अस्पताल विकास समितिका अध्यक्ष न्यौपानेले जनशक्ति थोरै र विरामीको चाप अत्याधिक बढ्दो क्रममा रहेको हुदा सोचे अनुसारको सेवा प्रवाह गर्न नसकीएको बताएका छन् । पछिल्नो समयमा अस्पतालमा सेवा लिन आउने विरामीको संख्या बढ्दो रहेको उनले बताएका छन् । दाङ सहित सल्यान, रोल्पा, प्युठान ,रुकुम र प्रस्तुती सेवा लिन बाँकेबाट समेत अस्पतालमा आउने गरेको अध्यक्ष न्यौपानेले बताएका छन् ।जसले गर्दा सेवा प्रवाहमा केहि कमीकमजोरी भएको हुन सक्ने उनको भनाई छ । अस्पतलामा अहिले एमआर आई र आईसियुको सुविधा बाहेक अन्य सवै खालका उपकरणहरु रहेको अध्यक्ष न्यौपानेले बताएका छन् ।

एक्सरे, भिडियो एक्सरे,ईसिजि,ईको,थाईराईड चेकजाँच गर्ने मेसीन र सिटि स्क्यानको उपकरणहरु जडान गरी सेवा दिदै आएको उनले बताएका छन् । जसले गर्दा नागरिकको जनविश्वास बढेको छ उनले भने तर सोचे जतिको सेवा प्रवाह दिन सकिएको छैन । उनले अस्पतालमा जनशक्तिको अभावले गर्दा पनि केहि समस्या भएको बताएका छन् । तत्कालिन राप्ती अन्चल अस्पताल अहिले राप्ती प्रादेशिक अस्पतालको रुपमा स्रोन्नती भएको छ । अस्पतालमा ५० वेडको स्वीकृती हुदा पनि आफुहरुले ९५ वेडको सुविधामा सेवा प्रवाह गरेको उनको भनाई छ । वेड संख्या बढाएपनि जनशक्ति भने उहि नै रहेको उनले बताएका छन् ।

अहिले भरखरै अस्पतालको स्तरोन्नती हुदै क्षमता बृद्धि गरिएको छ । हाल दुई सय वेड बनाउने तयारी भईरहेको हुदा अब यो जनशक्तिले सेवा दिन नसकिने भन्दै थप जनशक्तिका लागी आफुहरुले माथिल्नो निकाय संग माग गरीरहेको उनको भनाई छ । पछिल्नो समय तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा अस्पतालमै आईसियुको व्यवस्था गर्ने योजना रहेको हुदा छिटै आईसियुको व्यवस्थापन हुने उनले जानकारी दिएका छन् ।

अस्पतालमा भौतिक संरचनाको अभाव रहेको पनि उनले बताएका छन् । आगामी दिनमा भौतिक संरचना देखी अस्पतालको विकास, सेवा प्रवाहमा थप व्यवस्थित गरी सेवाग्राही मैत्री बातावरण सिर्जना गरेर महिला तथा बालबालिकामैत्री , अपाङगता,जेष्ठ नागरिक मैत्री सेवा प्रवाह गर्ने योजना रहेको उनको भनाई छ ।सवैको सल्लाह सुझावलाई मनन् गदै समग्र अस्पतालको विकास संग संगै प्रशासन र कर्मचारीको आनाबानीलाई थप सुधार गदै अस्पताल सवैको हो भन्ने अवनत्व हुने गरी आफुले काम गर्ने उनले बचनबद्धता दिएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया