तुलसीपुर दुर्घटना : घाइते संचारकर्मी मनिषाको मृत्यु

तुलसीपुर, १ मंसीर / सवारी दुर्घटनामा  गम्भिर घाइते भएकी संचारकर्मी तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निबासी २२ बर्षकी मनिषा लामीछानेको मृत्यु भएको छ ।

मनिषाको उपचारको क्रममा कोहलपुरमा साढे चार बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

याे पनि पढ्नु हाेस

तुलसीपुरमा भएका सवारी दुर्घटनामा ५ जना घाइते, संचारकर्मी मनिषाको अवस्था गम्भिर

घाइते मनिषाका दाइको भने कोहलपुरमै उपचार भइरहेको छ । तुलसीपुरको गुल्मजाने चोकमा दिउसो साढे एक बजे रा१प६७२१ नम्बरको मोटरसाईकललाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामीछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए । मनिषा रेडियो हाम्रो पहुँच एफएममा प्राविधिक साहयकका रुपमा कार्यरत थिइन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया