२०८२ पुष १ गते मङ्गलवार

सल्यानमा तिन वटा क्रसर उद्योग दर्ता बिनै सन्चालनमा ,बन्द गर्न मौखिक निर्देशन

दाङ, २९ कात्तिक । सल्यानमा क्रसर उद्योगको बारेमा अनुगमन गरिएको छ । जिल्लामा सञ्चालित ढुंगा, गिट्टी, बालुवा तथा नदीजन्य क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगको अनुगमन गरिएको हो । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गदै मापदण्ड विपरित क्रसर उद्योग सन्चालन भएनभएको बारेमा अनुगमन गरी एक हप्ता भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।सोहि अनुसार जिल्लामा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिएका छन् । अनुगमनका क्रममा तिन वटा उद्योग फेला परेका छन् ।

ती सवै मापदण्ड विपरित सन्चालनमा रहेको पाईएको प्रमुख जिल्ला अधिकारी तामाङले बताएका छन् । दुई वटा क्रसर उद्योग र एउटा बालुवा प्रशोधन उद्योगले अवैध रुपमा काम गरीरहेको पाईएको हुदा हाल मौखीक रुपमा बन्द गर्न आग्रह गरिएको र मंसीर ३ गते कार्यालय खुलेपछि लिखीत रुपमा बन्द गर्न पत्राचार गर्ने उनको भनाई छ । कारवाही प्रक्रिया भने प्रतिवेदन तयार भईसकेपछि मात्रै तय गरिनेछ ।

अनुगमनमा सहभागी डिभिजन बन कार्यालय सल्यानका प्रमुख रमेश गिरीका अनुसार बन्गाड कुपिन्डे नगरपालिका वडा नम्वर ६ डुराखोलामा विशाल निर्माण सेवा मार्फत क्रसर उद्योग सन्चालनमा रहेको छ ।उक्त उद्योगको अनुगमन गर्दा कुनै कागजपत्र फेला परेको छैन । यस्तैगरी त्रिवेणी गाउँपालिका अन्र्तगत बालुवा प्रशोधन उद्योग सन्चालनमा रहेको छ । तर उसले बालुवा प्रशोधनको नाममा गिट्टीहरु समेत प्रशोधन गरी अवैध काम गरीरहेको पाईएको डिभिजनल गिरीले बताएका छन् ।

जिल्लाको कालिमाटी रामपुरमा कालिका क्यासीफिक जोईन्ट भन्चर सन्चालनमा छ । उक्त क्रसर उद्योग तुलसीपुर,पुरन्धारा हुदै बोटेचौर सडक बाटोको स्तरोन्नती हुदा अस्थायी रुपमा सन्चालनमा भएको थियो ।तर अहिले उद्योग मार्फत अवैध रुपमा काम भईरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २९ गते शनिवार
प्रतिक्रिया