करणी मुद्धाका फरार अभियुक्त घोराहीमा पक्राउ

तुलसीपुर,२ असार ।
जबरजस्ती करणी मुद्धामा फरार अपराधी लाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालीका वडा नम्बर ११ बस्ने वर्ष ३९ का दिपक भन्ने छबिलाल भण्डारी रहेको जिल्ला प्रहरी प्रमुख,प्रहरी उपरीक्षक धिरज प्रताप सिँहले जानकारी दिनुभएको छ । उनलाई २०६० साल ३ महिना २ गते दाङ देउखुरी जिल्ला अदालतको फैसलाले जबरजस्ती करणी मुद्धामा तीन वर्ष कैद तोकेको थियो ।

तर उनी २०५७ साल ५ महिना१८ गते देखी २०५८ साल ८ महिना ७ गते सम्म कारागारमा बसेको र २०५८ साल ८ महिना ८ गते सशस्त्र द्वन्दको क्रममा जेल तोडफोड गरी भागेका थिए । निजलाई कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले आज पक्राउ गरेको सिँहले बताउनुभयो । उनलाई बाँकि रहेको १ वर्ष ९ महिना १० दिन कैद भुक्तानको लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाईएको छ ।

प्रकाशित मिति : २०७४ असार २ गते शुक्रवार
प्रतिक्रिया