तुलसीपुर २७ कार्तिक ।तुलसीपुर उपमहानगरपालिक वडा नं. ३ को वडा कार्यालयले परिवर्तन कृषि सहकारी संस्थालाई मेसीनरी सामान सहयोग गरेको छ । संस्थाका अध्यक्ष रोम बहादुर रानाको अध्यक्षता तथा वडा अध्यक्ष विर बहादुर वि.क(विजय)को प्रमुख आथित्येतामा सम्पन भएको कार्यक्रममा कम्प्युटर र फोटोकपी मेसीन सहित प्रिन्ट वडा अध्यक्ष वि.कले सहकारीलाई हस्तान्तरण गरेका हुन् ।
सामान हस्तान्तरण गदै वडा अधयक्ष विकले लेखा व्यवस्थापन र शेयर सदस्यहरुका लागि पारदशी लेखा प्रणाली हुन आवश्यक भएको बताए । कृषिले नै वडा आत्मनिभर हुने भएकोले कृषिमा लगानी लगाई वडालाई आत्मनिर्भर वडाका रुपमा विकास हुन जरुरी रहेको बताउदै वडा र सहकारीको माध्यमबाट अगाडि बढ्नु पर्ने बताए ।
सहकारीलाई कम्प्युटर र प्रिन्ट सहयोग गर्दै प्रमुख अथिति वि.कले कम्प्युटरको समय भएकोले अव सहकारीलाई कम्प्युटराजिङमा लैजान मद्धत पुग्ने बताए । वडामा सात आठ वटा सहकारी भएपनी बचत र ऋणमा मात्र ध्यान दिर्ने सहकारीहरु भएकोले सहकारीको माध्यमबाट खासै विकास नगरेको बताए ।
कार्यक्रममा नेकपा ३ नं.वडा कमिटि सचिव चेतमान सेजुवाल,तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का लेखापाल लेखत कुमार घिमिरे, सल्लाहकार गुरु प्रसाद तिवारी, जितबहादुर वली, लगाएकाले सहकारीलाई सानो सहयोगले सहकारीलाई अझै केहि गर्नुपर्ने दबावको सृजना भएको बताए ।वडाले कम्प्युटर र फोटोकपी सहित प्रिन्ट मेसीन सहत्तर हजार रकम बराबरको सहयोग भएको वडाका लेखापाल लेखत घिमिरेले बताए । कार्यक्रममा उपाध्यक्ष जय बहादुर वलीको स्वागत मतब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव इन्दिरा खत्रीले गरेकी थिईन् ।



