घरको तलाले च्यापेर सल्यानमा आमा छोराको ज्यान गयो

तुलसीपुर, १ असार

सल्यानमा घरको तला खसेर आमा छोराको ज्यान गएको छ । ज्यान जानेमा छत्रेश्वरी गाउँपालिका २ दमाचौर निबासी २४ बर्षकी सुशीला घर्ती र उहाँका १८ महिनाका छोरा टिकाराम घर्तीको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।
‘घरको छानोफेर्ने क्रममा डाँडाभाटा खसेर बैकलमा आएछ, बैकलपनि खसेर तल्लो तलामा आएपछि त्योपनि खसेर बच्चा र अमालाई च्यापे छ, प्रनाउन खत्रीले भने ।’ डाँडाभाटा किराले खाएर धुलीएको छानो खसेको र तलाले भार थाम्न नसकेर दुर्घना भएको सल्यान प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७४ असार १ गते बिहिवार
प्रतिक्रिया