तुलसीपुर, १ आसार
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका ९ ले बाईपास रोड देखि भ्यू–टावर सम्मको योजना अघि सारेको छ । नेकपा एमालेको तर्फबाट तुलसीपुर उपमहानगरपालिका ९ का वडा अध्यक्ष पदका उम्मेदवार भिमकान्त बस्याल (संगित)ले वडालाई देशकै नमुना वडाको रुपमा विकास गर्ने र सिंहदरवारको अधिकार गाउँमा आएको अनुभूति हनेगरी जनताको काम गर्न अधिकांस समय जनताको घरदैलोमा विताउने बताएका छन् ।
‘मैले खाइपाई आएको जागिर छोडे, त्यो भनेको जनतालाई समृृद्धि बनाउने र समाज परिवर्तनका लागि हो, व्यक्तिगत स्वार्थका लागि हुन्थ्यो भने, म अहिले जागरिमै हुन्थे र तपाईहरु जस्तै मतदाता हुन्थे उम्मेदवार हैन’ बस्यालले भने । आगामी निर्वाचनमा जनताले चिर्वाचित बनाएमा शिक्षा, स्वास्थ्य, कृषी, सामुदयिक विकास, खानेपानी, लगाएतका क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने दाबी गर्दै बस्यालले जनताले आफुलाई भोेट दिनेमा अशावादी रहेको बताए ।
प्रतिवद्धताहरुः–
सडकतर्फः–१. सरस्वती चौतारा आधारभूत विद्यालय सल्लीवन, अंगरेखोला, चुलेसे सिरान हु“दै बेलुवा फा“टदेखि सिधा पातुखोला जोड्ने सडकको नया“ ट्रयाक खोली वडालाई रिङ रोड मा जोडिनेछ । २. पक्की नाला बनिसकेका सडक एक वर्षभित्र कालोपत्रे गरिनेछ ।
ग्राभेल भएका सडकहरूमा एक वर्षभित्र पक्की नाला र दुई वर्षभित्र कालोपत्रे गरिनेछ । सल्लीवन, शिवपुर क्षेत्रको मुख्य समस्या नै सडक भएकाले वडा नं. ८ स“ग समन्वय गरी एक वर्षभित्र पक्की नाला, ग्राभेल र दुई वर्षभित्र कालोपत्रे गरिनेछ ।
३. वडाभित्रका अन्य सबै सडकहरूको स्तरोन्नति गरी दुई वर्षभित्र कालोपत्रे गरिनेछ । ४. मैना बगरदेखि पातुखोलाको किनारै किनार, पक्की पुल मुनीबाट सञ्चालन हुने गरी शिव पशुपति टोलको अन्ति सीमानासम्म व्यवस्थित तटबन्ध गरी बाइपास रोड सञ्चालनमा ल्याइने छ । यस सडक छेउमा वृक्षारोपण गरी ग्रीनबेल्ट निर्माण गरिनेछ ।
खानेपानीतर्फः–बेलुवा गनारका बस्तीहरूमा देखिन थालेको खानेपानीको समस्यालाई विशेष प्राथमिकतामा राख्दै “एक घर एक धारा” अवधारणा अन्तर्गत वडा भित्रका सम्पूर्ण घरधनीहरूलाई तीन महिनाभित्र खानेपानी सेवा उपलब्ध गराइनेछ ।
सिंचाईतर्फः–सल्लीवन शिवपुर, नया“बस्ती, थर्कुडा“डा, चुलेसे, बेलुवा फा“टमा बाह्रै महिना सिंचाईको व्यवस्था गर्न कुलाको बा“ध व्यवस्थित तथा कुलाहरू पक्की गरिनेछ । शिक्षातर्फः–१. आधारभूत (अहिले कक्षा ९ सञ्चालन भएको) विद्यालय दोघरे र आधारभूत विद्यालय सल्लीवनको भौतिक अवस्थाको स्तरोन्नति गरी कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराइनेछ । २. वडाभित्रका निजी विद्यालयहरूस“ग आवश्यक छलफल गरी शैक्षिक गुणस्तरमा विकास गरिनेछ । ४. वडास्तरीय शिक्षा समिति गठन गरी शैक्षिक गतिविधि व्यवस्थित गरिनेछ । पर्यटन
विकासतर्फः–१. अमृतपुर खानेपानी संस्था तथा नवदुर्गा सामुदायिक वनस“ग समन्वय गरी चुलेसे, थर्कुडा“डादेखि उत्तर, चमी खोलादेखि पश्चिम र वडा नं. ३ को सीमानादेखि दक्षिणको भू–भागमा जैवीक पार्क (बोटानिकल गार्डेन) बनाइने छ । यस पार्कमा २०० फिट अग्लो भ्यू–टावर, १०० भन्दा बढी प्रजातिका वनस्पति, १०० भन्दा बढी प्रजातिका फूलहरू रहने छन् । यस पार्कलाई पिकनिक स्पटका रुपमा विकास गरिनेछ । २. नया“बस्तीको कालभैरव मन्दिर परिसरमा मिनी पार्क को विकास गरिनेछ । साथै नगर विकास क्षेत्रभित्र बालबालिका लक्षित रमाईलो पार्र्क बनाईने छ । ३. थर्कुडा“डा, नया“बस्ती क्षेत्रका थारु समुदायस“ग समन्वय गरी हरेक माघ महिनामा माघी विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
स्वास्थ्यतर्फः–१. दोघरेमा रहेको अञ्चल आयुर्वेद अस्पताललाई आधुनिक बाल अस्पतालको रुपमा विकास गरिनेछ । २. सहरी स्वास्थ्य क्लिनिकलाई व्यवस्थित गरिनेछ । ३. सम्पूर्ण वडाबासीहरूको स्वास्थ्य सेवामा पहु“च पु¥याउन स्वास्थ्य बिमा कार्यक्रम लागु गरिनेछ ।
कृषि तथा पशुपालनतर्फः–१. बेलुवा, नया“बस्ती, सल्लीवन, शिवपुर, थर्कुडा“डा, चुलेसेलगायतका क्षेत्रमा कृषि सहकारी संस्था गठन गरी वडाभित्रको कृषि र पशुपालनलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाईने छ । २. बेमौसमी तरकारी खेती, फलफुल खेती आदिलाई विशेष प्रोत्साहन गरी मल विउको ब्यवस्था गरिनेछ । ३. वडा नं. ८ र ३ स“ग समन्वय गरी शिवपुर, सल्लीवनलाई बेमौसमी तरकारी खेतीको पकेट क्षेत्रका रुपमा विकास गरी चिस्यान केन्द्र स्थापना गरिनेछ । ४. वडाभित्र कुखुरापालन, बाख्रापालन, माछापालन, भैंसीपालन, गाईपालन र माहुरीपालनलाई विशेष प्रोत्साहन गरिनेछ । ५. वडास्तरीय कृषि तथा पशुपालन समिति गठन गरि कृषि र पशुपालनलाई व्यवसायिक बनाइने छ ।
खेलकुदतर्फः–१. करा“ते भवनको स्तरोन्नति गरी बहुपउयोगी खेल भवनको रुपमा विकास गरिनेछ । भवन बाहिरको खाली क्षेत्रलाई व्यवस्थित गरी बाल खेल मैदानको रुपमा विकास गरिनेछ । २. यस वडाकै समाजसेवी तथा खेलप्रेमी स्व.कुवेर बहादुर शाहको पहलमा बनाइएको गैरीचौरको संरक्षण र विस्तार गरी नगरस्तरीय मिनी रंगशाला का रुपमा विकास गरिनेछ । ३. नगर विकास क्षेत्रस“ग समन्वय गरी दोघरेमा मर्निङ वाक तथा इभिनिङ वाक गर्न सहज हुने, योगा तथा व्यायामका लागि खुल्ला जग्गाको व्यवस्था गरिनेछ । ४. थर्कुडा“डा÷बेलुवामा रहेको ब्याडमिन्टन कोडको स्तरोन्नति गरिन छ । साथै सल्लीवनमा बहुउपयोगी खेल मैदान निर्माण गरिनेछ । ५. वडास्तरीय खेलकुद विकास समिति गठन गरी खेलकुद सम्बन्धी कामहरू व्यवस्थित गरिनेछ ।
धार्मिक विकासतर्फः–१. सल्लीवनमा रहेको राधा कृष्ण मन्दिर र शिवपुरमा रहेको सत्य सुन्दरादेवी मन्दिर, नया“बस्तीको कालभैरव मन्दिर, थर्कुडा“डाको शिव मन्दिर, बेलुवाको शिव मन्दिर, चुलेसेको बौद्ध गुम्बाको उचित संरक्षण, सम्वद्र्धन र विकास गरिनेछ । यी मन्दिरहरुमा खानेपानी, विद्युत विस्तार गर्नुका साथै धार्मिक कार्यका लागि सामुदायिक भवन निर्माण गरिनेछ । २. बेलुवा÷थर्कुडा“डामा रहेको भूह्या“र थानको संरक्षण, सम्वद्र्धनका साथै वार्षिक पूजाको लागि आवश्यक रकम उपलब्ध गराइनेछ । ३. नया“बस्ती र बेलुवामा रहेको मण्डलीलाई व्यवस्थित गरी आवश्यक भवन निर्माण गरिनेछ । ४. अन्य धार्मिक गतिविधि व्यवस्थित गर्न वडास्तरीय धार्मिक समिति गठन गरिनेछ । शान्ति
सुरक्षातर्फः–
१. शसस्त्र प्रहरी बेश क्याम्पको भौतिक संरचना व्यवस्थित गरिनेछ । २. प्रहरी चौकी बेलुवाको स्तरोन्नति गरी इनिस्पेक्टरको दरबन्दी सिर्जना गर्न पहल गरिनेछ ।३. बढ्दो जनसंख्या र आवश्यकतालाई मध्यनजर गरी पुलचोक, नया“बस्ती, शिवपुर, सल्लीवन क्षेत्रमा प्रहरी विट स्थापना गरिनेछ । ४. शान्ति सुरक्षा सम्बन्धी अन्य कार्यहरु व्यवस्थित गर्न वडा स्तरीय नागरिक सुरक्षा समिति गठन गरिनेछ ।
सामुदायिक वनतर्फः–
१. वडाभित्र नवदुर्गा र महालक्ष्मी गरी दुईवटा सामुदायिक वन समूह रहेका छन् । प्रक्रिया पु¥याई सम्पूर्ण वडाबासीहरुलाई यी सामुदायिक वनको सदस्य बनाइनेछ । २. सामुदायिक वनमा फलफूल, जडिबुटी, बा“सको उत्पादन गरिनेछ ।
पुलपुलेसातर्फः–१. आवश्यकता अनुसार गहतेखोला तथा पातुखोलाका विभिन्न बस्ती तथा टोलहरुलाई पायक पर्ने गरी साना सवारी साधनसमेत सञ्चालन हुन सक्ने फलामे तथा पक्की पुलहरु बनाइनेछ । २. आवश्यकता अनुसार कल्भर्टहरु तथा ह्युमपाइप उपलब्ध गराइने छ ।
सञ्चारतर्फः–
१. नगरविकास क्षेत्रस“ग समन्वय गरी तुलसीपुरमा सञ्चालित सम्पूर्ण दर्ता भएका सञ्चार माध्यमहरुलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराई त्यस क्षेत्रलाई एकीकृत सञ्चारग्रामको रूपमा विकास गरिनेछ । २. वडाभित्र रहेका विद्यालय तथा प्रत्येक गाउ“लाई पायक पर्ने गरी सूचना केन्द्र स्थापना गरिनेछ । यस्ता सूचना केन्द्रहरुमा लोकसेवा आयोगका पुस्तक, इतिहास, राजनीतिक, धार्मिक तथा अन्य उपन्यास– हरुका साथै दैनिक पत्रपत्रिकाको व्यवस्था गरिनेछ । सूचना केन्द्रमा फ्रि वाइफाईको व्यवस्था गरी युवामैत्री बनाइनेछ ।
सामाजिक सेवातर्फः–
१. नेपाल सरकारले दिएको राजस्व छुट सुविधा उपयोग गर्दै वडा कार्यालयबाट एम्बुलेन्स सेवा सञ्चालन गरी सहुलियतमा वडाबासीलाई सेवा उपलब्ध गराइनेछ । यस्तो सुविधा गर्भवती, ६० वर्ष माथिका जेष्ठ नागरिक तथा सर्पदंशका बिरामीलाई निःशुल्क उपलब्ध गराइनेछ । २. बहुमतको केन्द्रीय सरकार बनेपछि वृद्ध भत्ता, सुत्केरी भत्ता, अपाङ्ग भत्ता मासिक पा“च हजार पु¥याइने छ । साथै सर्टिफिकेट राखेर युवाहरुलाई शैक्षिक ऋण उपलब्ध गराइनेछ । ३. जन्मदर्ता, मृत्युदर्ता तथा बसाईसराईलगायतका घटना विवरण सम्बन्धित ठाउ“मा पुगेर दर्ता गरिनेछ ।
ऐलानी प्रति जग्गातर्फः–वडाको अधिकांश बसोबास ऐलानी प्रति जग्गामा रहेको छ । गरिबीको रेखामुनी रहेका, दैनिक मजदुरी गरेर, खेतीपाती गरेर आफ्नो जीवन गुजारा चलाउ“दै आएका नागरिकहरुलाई वर्षौदेखि बसोबास एवं उपभोग गर्दै आएको जग्गा दर्ता नहु“दा बैंकिङ कारोबार गर्न, व्यापार व्यवसाय सञ्चालन गर्न तथा जग्गा किनबेच गर्नसमेत ठूलो समस्या पर्दै आएको छ । नया“ संविधानले दिएको जग्गा दर्तासम्बन्धी अधिकारको उपयोग गर्दै वडाभित्रका सम्पूर्ण सुकुम्बासीहरु बसोबास गर्दै आएको, जोतभोग गर्दै आएको, उपभोग गर्दै आएको जग्गा दर्ता गरी दुई वर्षभित्र लालपूर्जा वितरण गर्ने प्रतिज्ञा गर्दछौ“, यो हाम्रो मुख्य कार्य हुनेछ ।
अन्य विकासतर्फः–१. वडास्तरीय महिला समूह गठन गरी महिला लक्षित कार्यक्रमहरु सञ्चालन गरिनेछ । २. प्रत्येक टोलमा टोलस्तरीय तथा वडास्तरीय बाल क्लव गठन गरी विभिन्न खेल तथा प्रतियोगिताहरु सञ्चालन गरिनेछ । ३. वडास्तरीय युवा समिति गठन गरी युवा लक्षित कार्यक्रमहरु व्यवस्थित गरिनेछ । ४. वडाभित्र विद्युतीकरण नभएका क्षेत्रमा ३ महिनाभित्र बिजुली उपलब्ध गराइनेछ । ५. वडा कार्यालयभित्रको प्रशासनिक कार्य कम्प्युटर पद्दतिबाट शुरु गरी सम्पूर्ण तथ्याङ्कहरु व्यवस्थित गरिनेछ । ६. पातुखोलाको व्यवस्थित तटबन्ध गरी बस्ती संरक्षण गर्नुका साथै बाइपास रोड सञ्चालनमा ल्याइने छ । ७. वडाभित्र रहेका दलित, जनजाति तथा अति विपन्न वर्गका लागि घरबास कार्यक्रम