२०८२ पुष १ गते मङ्गलवार

देशभर शुक्रवार थप ४ हजार ५ सय जना कोरोनामुक्त

काठमाडौ, २१ कात्तिक । नेपालमा कोभिड–१९ (कोरोना भाइरस)का सङ्क्रमितको सङ्ख्या एक लाख ८८ हजार आठ सय ८३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार दुई हजार नौ सय नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै शुक्रवार थप चार हजार पाँच सय जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५२ हजार नौ सय आठ पुगेको छ ।अब नेपालमा ३४ हजार नौ सय पाँच जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै एक हजार दुई सय ५४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।यस्तै थप १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ७० पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया