एमाले नेता पोख्रेल भन्छन, स्थानीय स्तरको विकासका लागी एमालेले जित्नैपर्ने

गोकर्ण पौडेल,विजौरी,३१ जेठ ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोख्रेलले स्थानीय तहको निर्वाचन पछि विकास खोज्न केन्द्र धाउनु नपर्ने बताउनुभएको छ । नेकपा एमाले तुलसीपुर उपमहानगर १९ नम्बर कमिटिले बिजौरीको रनियापुर टोलमा आयोजना गरेको चुनावी भेला यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै पोखरेलले १९ नम्बर वडाको पर्यटन , कृषि, सडकको विकासमा एमालेकै नेतृत्वका उम्मेदवारले जित्दा मात्र सम्भव हुने समेत बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले स्थानीय तहलाई बलियो बनाउनका लागि एमालेले भूमिका विशेष निर्वाह गरेको बताउनुभएको थियो । वडा नम्बर १९ कमिटिका अध्यक्ष सुमन पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य सुजिता शाक्यले स्थानीय तहमा महिलाहरुको नेतृत्वको सवालमा विशेष अधिकार भएको बताउनुभएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगर पालिका एमालेतर्फका उम्मेदवार घनश्याम पाण्डेले १९ नम्बर वडाको विकासका लागि पर्यटन क्षेत्रको विकासमा लाग्ने प्रतिबद्वता ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानर इन्चार्ज देवराज विश्वकर्मा, १९का इन्चार्ज डिल्ली पुन, १९ नम्बर वडाध्यक्षका प्रत्यासी रामबहादुर योगी, नेकपा एमालेका नेताहरु चन्द्रबहादुर खडका, चुर्णबहादुर पार्धे, मैतुराम विक, स्थानीइ विष्णु सार्की लगायतकाले बोल्नुभएको थियो । कार्यक्रम सदस्यका उम्मेदवार देवाकला नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।।

प्रकाशित मिति : २०७४ जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया