काेराेनाबाट तुलसीपुर र घाेराहीमा २ जनाकाे मृत्यु

तुलसीपुर र घाेराहीका २ जना काेराेना संक्रमितकाे ज्यान गएकाे छ । मृत्यु हुनेमा तुलसीपुर ६  निबासी ५५ बर्षका शंकर राज गाैतम  रहेका छन । गौतमको भेरी अञ्चल अस्पताल बाँकेमा उपचारका क्रममा मृत्यु भएको थियो ।

उनलाई कार्तिक १६ गते कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । गौतमको शव बाँकेमा व्यवस्थापन गरिएको छ ।

त्यसैगरी घोराही १० निबासी ६५ बर्षकी कृष्ण माया खनालको पनि कोरोनाकै कारण मृत्यु भएको छ । कार्ति १७ गते कोरोना पोजेटिभ देखिएपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर उपचारको क्रममा मृत्यु भएको भेरी अस्पतालले जानकरी दिएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया