कोरोनाबाट थप २० जनाको मृत्यु

 

काठमाडौँ — नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४ पुगेको हो ।

मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ३ हजार १ सय ४२ संक्रमित निको भएका छन् ।

 

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया