शंकर के सी,सल्यान, ३१ जेठ ।
सल्यानमा आमाले अन्तै बिहे गरेपछी ढाइ वर्षिय नावालकको विचल्ली भएको छ । ‘एकछिन् निदाए पनि राती ब्युझीएर आमा खोज्दै धुरु धुरु रुन्छ,’ सल्यान किमुचौरकी शान्ति रोकाले भनिन्– ‘ढाइ वर्षको मेरो नाती उमेशलाइ छाडेर आमाले अन्तै बिहे गरेपछी अहिले नातीको विचल्ली भएको छ ।’
जिल्लाको कपुरकोट गाउंपालिका वडा नम्बर ४ निवासि खुमा अर्कै केटा संग भागेर विहे गरेपछि नावालक उमेश विचल्लीमा परेका हुन् । वालकका हजुरबुवा महाविर रोकाले आमाको काखमा खेल्ने, खाने र रमाउने उमेरमा निष्ठुरी मन गरेकी बुहारी अरु संगै भागेर गएपछि अहिले नातीलाइ भुलाउन गाह्रो भइरहेको जनाए ।
उनले भने– ‘छोरो विदेशमा छ, वुहारी अन्तै पोइल गइ, नाती आमा सम्झदै रुन्छ, उसलाइ देखेर हाम्रो पनि आंखाबाट आंशु झरिदिन्छ ।’ नातीको स्याहार, सुसार, लालनपालन, शिक्षा, दिक्षा लगाएतका कुरामा असर पर्ने भन्दै उनले खुमालाइ पापी आमाको संज्ञा दिए ।
ढाइ वर्षिय छोरालाई छाडेर आमाले अन्तै बिहे गरेपछी…..
प्रकाशित मिति : २०७४ जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया