पाँच दिनको अवधीमा सवारी साधन दुर्घटनामा परि ४३ जनाको मृत्यु

काठमाडौ, १४ कात्तिक । दसँैको फूलपातीदेखि टीकाको दोस्रो दिनसम्ममा भएका सवारी साधन दुर्घटनामा ४३ जनाको मृत्यु भएको एक तथ्याङकले देखाएको छ ।

कात्तिक ७ गतेदेखि ११ गतेसम्म ५ दिनको अवधिमा मात्र सातवटै प्रदेशका विभिन्न ठाउँमा भएका ३ सय ३४ वटा सवारी दुर्घटनामा परेर ४३ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो । दुर्घटनामा परेर ५ सय २९ जना घाइते भएकाप्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए । अन्य प्रदेशको तुलनामा २ नम्बर प्रदेशमा सबभन्दा बढी घटना भएका उनको भनाइ छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया