कांग्रेस नेता गिरीद्वारा दु:ख व्यक्त

श्रीगाउं, १३ कार्तिक  ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं संबिधान सभा सदस्य दिपक गिरिले नेपाली कांग्रेसका क्रियासिल सदस्य श्याम नाथ योगिको निधन प्रती दुख व्यक्त गरेका छन।

पश्चिम दाङ्गको दंगिसरण गाउँपालिका वडा नम्बर ७ निवासी नेपाली कांग्रेसका क्रियासिल सदस्य श्याम नाथ योगि को आज भएको दुखद निधनमा स्वर्गीय योगिको पार्थिब सरिरमा पार्टीको झन्डा ओढाइ श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

उक्त श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस जिल्ला पार्टी सचिव शंकर डाँगी, कांग्रेस नेता जगत बहादुर खडका र हेमन्त योगिको सहभागिता रहेको थियो । स्वर्गीय योगिको ६० बर्ष को उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया