दाङमा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिदा एकको मृत्यु,दुई घाईते

दाङ, १३ कात्तिक । दाङमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा लमही २ दोलही बस्ने ७५ बर्षका भरथारी चौधरी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

भे १० प १५४९ नम्वरको मोटरसाईकलले पैदल यात्री चौधरीलाई लमही १ नर्ति नजिकै बुधवार अपरान्ह ठक्कर दिदा गम्भिर घाईते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारकै क्रममा बेलुकी साढे छ बजे निधन भएको प्रदेश प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् । सोहि दुर्घटनामा परि मोटरसाईकल चालक अछाम बागंगढी गाउँपालिका ५ बस्ने २९ बर्षिय भोला रावल र सवार रुकुम सानो भेरी गाउँपालिका ५ बस्ने २३ बर्षिया उमा केसी घाईते भएका छन् ।

उनीहरुको लमही अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरीले बताएको छ । तिव्र गतिमा गुडीरहेको मोटरसाईकल अनियन्त्रीत भई पैदलयात्रीलाई ठक्कर दिदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया