अधिकार खाेसिएकाे भन्दै गाउँपालिका उपाध्यक्षले गरिन तालाबन्दी

अछाम, १२ कार्तिक – अध्यक्षले तानाशाह शैलीमा एकलौटी तरिकाले गाउँपालिका चलाएको भन्दै रामारोशन गाउँपालिकाकी उपाध्यक्षले तालाबन्दी गरेकी छन् । स्थानीय सरकार सञ्चालन ऐेन विपरीत उपाध्यक्षको अधिकार खोसेर काम भइरहेकाले ताला बन्दी गर्नुपरेको उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् ।

गाउँपालिकामा रहेका योजनाको अनुगमन तथा सुपरीवेक्षणको अधिकार उपाध्यक्षको भए पनि अनुगमन प्रतिवेदन विना योजनाको भुक्तानी दिन लगाएका र कर्मचारी भर्ना तथा छनोटमा अनियमिता गरेको समेत उनले आरोप लगाएकी छन् ।

गाउँपालिका सरकारले गर्ने हरेक काम कारबाहीमा आन्तरिक तथा पार्टीमा पटक–पटक छलफल हुँदासमेत कार्यशैलीमा कुनै फरक नआएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएकी छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया