स्वास्थ्य मन्त्रालयले अबदेखी कोभिड १९ बारे नियमित प्रेस व्रिफिङ नगर्ने

काठमाडौ, १२ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधवार भएको थियो ।

भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अन्य दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया