भैसीले हानेर दाङमा महिलाको मृत्यु

फाईल फोटो

दाङ, १२ कात्तिक । दाङमा भैँसीले हानेर एक जनाको मृत्यु भएको छ। भैँसी चराएर घर फर्किने क्रममा आफ्नै भैैसीले हानेर गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

गढवा–७ मानपुर स्थित भैँसीले मंगलवार बेलुका यादवलाई हानेको प्रहरीले बताएको छ । उपचारको क्रममा यादवको लमही अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया