नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार नाघ्यो

काठमाडौ, ११ कात्तिक । देशभर कोरोना संक्रमित हुनेको संख्या १ लाख ६० हजार नाघेको छ । मंगलवार देशभर थप ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । उनीहरु मध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् ।

मंगलवार २ हजार ७२५ नमुना परीक्षण गर्दा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।वितेको २४ घण्टामा ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् ।यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया