बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना पुष्टि

दाङ, ११ कात्तिक । बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा मंगलवार कोरोना परिक्षण गर्दा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङलाई कोरोना पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिएका छन् ।

सामान्य रुघाखोकी लागेपछि उनले भेरी अस्पतालमा कोरोना परिक्षण गराएका थिए । कोरोना परिक्षण गराउदा रिपोट पोजेटिभ आएको सुचना अधिकारी समेत रहेका उपाध्यायले जानकारी दिएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी होम आईसोलेनमै बसेको उनले जानकारी दिएका छन् । उनका अनुसार प्रजिअलाई कोरोना लक्षण भने देखीएको छैन ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया