मनोज गजुरेललाई कोरोना सङ्क्रमण

काठमाण्डौ – हास्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हिजो बेलुकी कोरोना रिपोर्ट पोजेटिभ आए पनि गएको बिहिबारदेखि नै आइसोलेशनमा बसेको उहाँले बताउनुभयो ।

बिहीबारपछि लगातार सामान्य टाउको दुखेको र त्यसपछि ज्वरो आएर जीउ दुख्न थालेपछि आइतबार पीसीआर गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको उहाँको भनाई छ ।

उहाँले सेल्फ आइसोलेशनमा कडा नियम पालना गर्दै घरेलु उपचार लिइरहेको बताउनुभएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ११ गते मङ्गलवार
प्रतिक्रिया