पछिल्लो २४ घण्टामा थपिए १७ सय ४१ कोरोना संक्रमित

काठमान्डाै, १०  कार्तिक— पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ६२ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १० गते सोमवार
प्रतिक्रिया