एम्बुलेन्स नपाएपछि सुत्केरी हुन आएकी महिला अस्पतालमा छट्पटिदै

तुलसीपुर, १० कार्तिक / एम्बुलेन्स नपाइएपछि सुत्केरी हुन आएकी एक महिला राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा घन्टौदेखि छटपटाएकी छन् । सुरक्षीत सुत्केरीका लागि अस्पताल आएकी घोराही उपमहानगरपालिका–१२ हापुर बगिया निबासी २४ बर्षकी विपना चौधरी एम्बुलेन्स नपाएपछि छटपटीएकी हुन् ।

राप्ती प्रादेशिक अस्पतालका स्त्री तथा प्रसुति रोग विषशज्ञ डा. सुवाश लामीछानेले महिलाको प्रेसर हाई भएकाले सुत्केरी गराउँदा झड्का हान्न सक्ने भन्दै आईसीयु सेवा नभएकाले नेपालगंज रिफर गरेका थिए । बिहान ७ बजे रिफर गरेपनि नेपालगंज लैजाने एम्बुलेन्स नभएका कारण अस्पतालमै बस्नु परेको विपनाका ससुरा रामजी चौधरीले बताए ।

अघिपछि बिरामी कुरेर अस्पतालको प्राङ्गन अघि पार्कीङ गरेर राखेका एम्बुलेन्सका चालक दशै मान्न घरतिर लागेपछि यस्तो समस्या आएको हुनसक्ने अस्पतालले बताएको छ । अधिकांस चालकको फोन सूइच अफ र कसैको फोन उठेपनि नआउने बताउने गरेको चौधरीले बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक १० गते सोमवार
प्रतिक्रिया