बडादशैंको अवसरमा नगर प्रमुख पाण्डेद्धारा शुभकामना

तुलसीपुर, १० कार्तिक – तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले कोरोना माहामारीबाट बच्न सामाजिक तथा भौतिक दूरी कायम गरी विजयादशीम मनाउन आग्रह गरेका छन् ।

बडादशैँ, २०७७ का अवसरमा सम्पूर्ण नगरवासी, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड –१९ को जोखिम विश्वभर बढेकाले स्वास्थ्यसम्बन्धी नियमको पालना गरेर दशैँ मनाउन आग्रह गरेका हुन् ।

ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्थाका व्यक्तिमा संक्रमणको सम्भावना ज्यादा हुने भएकाले यसप्रति विशेष सजग भएर दसैं मनाउन नगर प्रमुख पाण्डेले सबैमा आग्रह गरेका छन् ।

दशै फेरि फेरि पनि मनाउन सकिने भन्दै नगर प्रमुख पाण्डेले स्वास्थ्यलाई ख्याल राख्दै हाम्रा मौलिक चाडपर्व, परमपरा, रितीरिवाज र धर्मसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा जुट्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १० गते सोमवार
प्रतिक्रिया