तुलसीपुरमा अपराधिक घटना रोक्न भिग्रस चेकिङ

तुलसीपुर, ९ असोज / दशै तिहारको विचमा हुनसक्ने संभावित अपराधिक घटना नियन्त्रणका लागि प्रहरीेले दाङकाे तुलसीपुरमा भिग्रस चेकिङ सुरु गरेको छ । भिग्रस चेकिङलाई तुलसीपुर भित्रीने र बाहिरीने नाकामा केन्द्रित गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए । प्रहरीले याे अभियान एक हप्ता अघिदेखी सुरू गरेकाे हाे ।

भिग्रस चेकिङ उत्तरमा गोठीखोला, दक्षिणमा दमारगाउँ र पश्चिमा पातुखोला पुलमा गर्ने गरिएको छ । त्यसैगरी, सरपराईज, ज्वाइन्ट, र पेटोल गस्तीलाई पनि अवस्था हेरेर गर्ने गरिएको छ । भिग्रस चेकिङमा कुनै व्यक्तिलाई संका लागेमा खुट्टादेखि शिरसम्म खानतलासी गर्ने र आवश्यक परे अनुसन्धानका लागि नियन्त्रणमा लिने गरिन्छ । भिग्रस चेकिङमा एक सय जना खानतलासीमा परेका छन् ।

चाडपर्वको समयमा चोरी, कुटपिट, लुटपाट र अन्य आवान्छित कृयाकलाप हुने गरेकाले सुरक्षा सतर्कता बढाईएको प्रहरी नायव उपरीक्षक सिंहले बताए । सरपराइज चेकिङ एक्कासी गरिनछ भने जनपथ प्रहरी सशस्त्र प्रहरीले संयुक्त रुपमा गर्ने गस्तीलाई प्रहरीले ज्वाइन्ट गस्ती भन्ने गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ९ गते आइतवार
प्रतिक्रिया