काेराेनाबाट आमाछोरीको मृत्यु

नवलपरासी — कावासोतीमा कोरोना संक्रमणबाट ९ दिनको फरकमा आमाछोरीको मृत्यु भएको छ । मृत्युपछि आएको पीसीआर रिपोर्टमा दुवै जनालाई कोरोना संक्रमण देखिएको हो ।

कावासोती नगरपालिका–११ का वडाध्यक्ष शारदा अधिकारीका अनुसार पिठौली चोककी ४० वर्षीया महिलाको बुधबार बिहान घरमै मृत्यु भएको थियो । चार दिनपछि आइतबार आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको हो ।

असोज २६ गते घरमै निधन भएकी उनकी आमाको पनि पछि रिपोर्ट आउँदा कोरोना देखिएको थियो । आमालाई बिरामी परेको खबर आएपछि ती महिला उनको स्याहारसुसार गर्न खटिएकी थिइन् । त्यही क्रममा उनलाई संक्रमण भएको हुन सक्ने आफन्तको भनाइ छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ९ गते आइतवार
प्रतिक्रिया