अस्पतालहरुले भर्ना नलिएपछि आइसोलेसनमा फर्काइएका काेराेना संक्रिमतकाे मृत्यु

धरान, ८ कार्तिक— अस्पतालहरुले उपचारका लागि भर्ना लिन नमानेपछि आफ्नै गाउँको आइसोलेसनमा फर्केर आएका ३६ वर्षीय एक युवकको अाज  मृत्यु भएको छ । मृतक कोरोना संक्रमित सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङ्गेका हुन् ।

दुई दिनअघि ज्वरो खोकी र स्वासप्रश्वासमा समस्या आएपछि उनलाई विराटनगरस्थित कोसी अस्पताल लगिएको थियो । तर कोसीले भर्ना लिन नमानेपछि नोबेल मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएपछि भर्ना गर्न अनुरोध गरे पनि भर्ना नलिएको चतरास्थित आइसोलेसनका इन्चार्ज प्रमोद यादवले बताए ।

उनका अनुसार नोबेलले आईसीयू र भेन्टिलेटर खाली नभएको बताउँदै भर्ना नलिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने प्रयास गरिएको थियो । तर प्रतिष्ठानमा पनि आईसीयू र भेन्टिलेटर अभाव भएपछि फर्काएर चतराको आइसोलेसन सेन्टरमा राखिएको थियो ।

।’

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया