तुलसीपुरका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ३ जना घाइते , एकको अवस्था गम्भिर

तुलसीपुर, ८ कार्तिक । तुलसीपुरका विभिन्न ठाउँमा भएको मोटरसाईकल दुर्घटनमा ३ जना घाईते भएका छन् । जसमध्य एक जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।  गम्भिर घाईते हुनेमा तुलसीपुर–७ पर्सेनी निबासी २८ बर्षका खुबीराम पौडेल रहेका छन् ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ । खाद्रेबाट पश्चिम तर्फ आउँदै गरेको रा३प ९२५८ नम्बरको मोटरसाईकलले पैदलयात्री पौडेललाई ठक्कर दिएको थियो । मोटरसाईक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पश्चिम दाङको बाघमारेबाट तुलसीपुर तर्फ आउँदै गरेको प्रदेश नं ३–०२–२१३–५५९ नम्बरको मोटरसाईकलले तुलसीपुर–८ अश्वारामा ठक्कर दिदा सोही ठाउँ निबासी ६५ बर्षकी मनकुमारी महतारा घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिव बहादुर शिव बहादुर सिंहले जानकारी दिए ।

उता बिजौरीमा अनटेष्ट मोरसाईकलले ठक्कर दिदा एक जना घाईते भएका छन् । घाईते हुनेमा तुलसीपुर–१७ मानपुर निबासी ५३ बर्षका पुनमा गिरी रहेको प्रहरीले बताएको छ । घाईते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

फाइल  फाेटाे 

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया