राष्ट्रपतिले यसपटक दशैँको टीका नलगाइ दिने

काठमाण्डौ, ७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटकको दशैँमा टीका नलगाइदिने भएकी छिन् । कोभिड–१९ संक्रमणका कारण यसपालिको दशैँमा विजया दशमीको दिन राष्ट्रपति भण्डारीले इच्छुकहरुलाई टीका प्रदान नगर्ने भएकी हुन् ।

शुक्रबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति निकाल्दै यस्तो जानकारी दिए । साथै भण्डारी यस वर्ष महाष्टमी र कोजाग्रत पूर्णिामाको अवसरमा विभिन्न शक्ति पीठहरुमा सहभागी नहुने जनाइएको छ ।

कोरोना प्रकोपका कारण सरकारले नागरिकहरुलाई यसपालि स्वास्थ्य मापदण्ड अपनाउँदै सावधानीपूर्वक दशैँ मनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया