दाङमा काेरानाबाट मृत्यु भएका व्यक्तीको शव सेनाद्धारा व्यवस्थापन

तुलसीपुर, ७ कात्तिक । होम आईसोलेसनमा बसेका दाङका एक संक्रमितको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका १८ घर भई हाल घोराही १५ स्थित आफनौ घरमा बसेका संक्रमित ५३ बर्षिय पुरुषको शुक्रवार विहान ४ बजे निधन भएको कोरोना विशेष अस्पताल बेलझुण्डीले जानकारी दिएको छ ।

मालपोत कार्यालय घोराहीका नायव सुब्बा समेत रहेका ती पुरुषमा गएको कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएदेखी उनी होम आईसोलेसनमा बस्दै आएका थिए । गएराती एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डी ल्याईएको थियो ।

तर त्यहा पनि उपचार सम्भव नहुने भएपछि थप उपचारका लागी नेपालगन्ज लैजादै गर्दा बाटोमै निधन भएको अस्पतालले जनाएको छ । यसैविच नेपाली सेनाको टोलीले तुलसीपुर १८ स्थित कात्तिके रानी सामुदायिक बनको हाता भित्र शुक्रवार दिउँसो ३ बजे शवलाई व्यवस्थापन गरेको बताईएको छ । यस अघि पनि बेलझुण्डी अस्पतालमा रुपन्देहीका एक संक्रमितको निधन भएको थियो । उक्त शवलाई पनि सेनाले व्यवस्थापन गरेको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया