
काठमाडौं , ७ कार्तिक/ पछिल्लो २४ घन्टामा कोरोना संक्रमित थप १७ जनाको मृत्यु भएको छ ।
यो संगै नेपालमा मृत्यु हुनेको संख्या संख्या ८सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो देशभर कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको थियो ।
गम्भिर प्रकृतिका कोरोना संक्रमितलाई राख्ने भेन्टीलेटर प्रयाप्त नहुँदा मृत्यु हुनेका संख्यामा वृद्धि भएको बताइएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार