लमहीका एक कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

दाङ, ६ कात्तिक । दाङका एक कोरोना संक्रमितको बाँकेको कोहलपुरमा मृत्यु भएको छ । कोभिड १९ फोकल पर्सन कमल चन्दले दिएको जानकारी अनुसार लमही नगरपालिका वडा नम्वर ५ बस्ने ५५ बर्षिय एक पुरुषको कोहलपुर मडिकल कलेजमा विहिवार अपरान्ह मृत्यु भएको हो । उनी सुगर र प्रेसरको विरामी रहेका थिए ।

गएको असोज २७ गते कोरोना परिक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको फोकल पर्सन चन्दले जानकारी दिएका छन् । कोरोना पुष्टि भएदेखी नै कोहलपुर मेडिकलमा भर्ना भएका उनको विहिवार मृत्यु भएको हो । उनको बाँकेमा निधन भएकाले सोहि जिल्लामा अद्यावधिक हुने जानकारी दिएका छन् । दाङका संक्रमित भएपनि उनको बाँकेमा मृत्यु भएको हो ।

साथै गएको मंगलवार होम आईसोलेसनमा बसेका सोहि वडाका एक कोरोना संक्रमित ४३ बर्षिय पुरुषको मृत्यु भएको थियो । यस अघि दाङका सात जना कोरोना संक्रमितको मृत्यु भएको उनले बताएका छन् । साथै कोरोना विशेष अस्पताल बेलझुण्डीमा रुपन्देहीको नागरिकको मृत्यु भएकाले उक्त अद्यवाधिक पनि दाङमा नगरिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया