काठमाडौ, ६ कात्तिक । शुक्रबार देखि पाँच दिन कोभिड–१९ को प्रेस बिफ्रिङ नहुने भएको छ । गएको चैतको दोस्रो हप्तादेखि स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङ दशैँ बिदा परेकाले भोलि कात्तिक ७ गतेदेखि ११ गतेसम्म प्रेस ब्रिफिङ रोकिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
कात्तिक १२ गतेदेखि थप परिष्कृत गरी मिडिया ब्रिफिङलाई निरन्तरता दिने उनको भनाइ छ । दशैँको बिदाका समयमा दिउँसो चार बजे नै मन्त्रालयको वेबसाइट र सामाजिक सञ्जालमा कोरोना अपडेट गराइने छ ।
प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार





