टेलिभिजन च्यानलमा विज्ञापन रहित लागु गर्न सबै तयारी पूरा

काठमाडौ, ६ कात्तिक । सरकारले नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापन रहित (क्लीन फीड) लागु गर्नका लागि सबै तयारी पूरा भएको जनाएको छ । भोली कात्तिक७ गतेदेखि क्लीनफीड लागू गर्ने गरी कानुनी तथा संस्थागत तयारी पूरा भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न विहिवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले विज्ञापन नियमन गर्ने ऐन, २०७६ ले २०७७ कात्तिक७ गतेदेखि क्लीन फीड लागु गर्ने व्यवस्था गरे अनुसार नै तयारी गरिएको बताए । उक्त ऐनको दफा ६ मा नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापन रहित सामग्री प्रशारण गर्ने र नेपाली च्यानलहरूले विदेशी विज्ञापन प्रसारण गर्दा डबिङ गरेको सामग्री प्रयोग गर्न नसक्ने उल्लेख छ ।

क्लीनफिड लागू गर्नका लागि विज्ञापन बोर्डको गठन गरिएको र त्यसको अध्यक्षमा मन्त्रालयका सहसचिव डिल्लीराज शर्मालाई नियुक्ति दिइएको मन्त्री गुरुङले जानकारी दिए । बोर्डले अनुगमनको लागि संस्थागत तयारी गरिसकेको र कात्तिक ८ गतेदेखि निरन्तर अनुगमन हुने पनिमन्त्री गुरुङको भनाइ छ । क्लीनफीड नभएमा कानुन अनुसार कारबाही हुने चेतावनी सरकारले दिएको छ ।

सरकारले विश्व बैंक समूहबाट प्राप्तहुने २ सय मिलियन अमेरिकी डलर (२४ अर्ब) रुपैयाँ सहुलियत पूर्ण ऋण लिने निर्णय पनि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा यही कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रूपमालिनकालागिस्वीकृतिप्रदान गरेको हो । विश्व बैंकले नेपाललाई बजेटरी र गैरबजेटरी रूपमानिरन्तर सहयोग गर्दै आएको छ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया