ज्यान गुमाएका असई र प्रहरी जवानलाई प्रदेश सरकारले २/२ लाख दिने

दाङ, ६ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ राहात दिने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो ।तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए । उनीहरुको गएको शनिवार तस्करीको आक्रमणबाट ज्यान गएको थियो ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया