विश्वभर संक्रमितको संख्या चार करोड १४ लाख

काठमाडौ, ६ कात्तिक । विश्वमा कोरोनाका कारण ४ करोड १४ लाख भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार ४ करोड १४ लाख ६९ हजार ६ सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

सङ्क्रमित भएका मध्ये ३ करोड ९० लाख९ हजार ६ सय ४३ मानिस उपचार पछि स्वस्थ भएका छन् । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने ११ लाख ३६ हजार नाघेको छ । हालसम्मको तथ्यांक अनुसार ११ लाख ३६ हजार २ सय ६० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया